मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नयाँबानेश्वरमा तनाव, सिभिल अस्पताल घाइतेले भरियो

‘जेन जी’ पुस्ताको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। नजिकै रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा ५० भन्दा बढी घाइते उपचाररत छन् भने थप घाइते ल्याउने क्रम जारी छ।

अस्पतालले पूरा क्षमतामा उपचार गरिरहेको भए पनि अधिकांशलाई रबरको गोली लागेका कारण उपचारमा कठिनाइ भइरहेको चिकित्सकहरूले बताएका छन्। प्रहरीले प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खस्दा पिरो धुवाँ आपतकालीन कक्षसम्म पुगेको छ। यसले घाइतेको उपचार झन् चुनौतीपूर्ण बनेको छ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी त्रसित अवस्थामा रहेर निरन्तर सेवा दिइरहेका छन्।