बुधबार मंसिर ९, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

कांग्रेसको लिडरसिप एकेडेमी संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त

कांग्रेसको लिडरसिप एकेडेमी संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त
कांग्रेसको लिडरसिप एकेडेमी संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त · चासो अनलाइन

काठमाडौँ । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा संवैधानिक एवं कर्पोरेट अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् ।

पार्टी सभापति गगन थापाले केन्द्रीय समिति बैठकमार्फत दाहाललाई उक्त जिम्मेवारी दिइएको जानकारी गराएका हुन् ।

लिडरसिप एकेडेमीले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न इच्छुक नेता–कार्यकर्ताका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने र प्रशिक्षण सञ्चालन गर्ने भूमिका निर्वाह गर्नेछ । पार्टीको व्यवस्थाअनुसार स्थानीय तहमा उम्मेदवार हुन चाहने आकांक्षीहरूले एकेडेमीले तयार पारेको पाठ्यक्रम अध्ययन गरी अनिवार्य रूपमा प्रशिक्षण लिनुपर्नेछ ।

साथै, निर्वाचित भएपछि जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र कार्यसम्पादनका विषयमा समेत लिडरसिप एकेडेमीले व्यवस्थित कक्षा सञ्चालन गर्नेछ ।

संयोजकको जिम्मेवारी पाएका दाहालले प्रशिक्षणसम्बन्धी पाठ्यक्रमलाई अन्तिम रूप दिइसकेको बताएका छन् । एकेडेमीका कामकारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउन सानो टिम गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । दाहालले भने, “लिडरसिप एकेडेमीमा सानो टिम बनाउने सोचमा छौं । पार्टीबाट निर्देशक समिति पनि बनेको हुन्छ ।”

उम्मेदवार छनोट र जनप्रतिनिधिको क्षमता अभिवृद्धिलाई प्रणालीगत तथा नीतिगत प्रशिक्षणसँग जोड्ने कांग्रेसको यो पहलले स्थानीय तहमा योग्य, प्रशिक्षित र उत्तरदायी नेतृत्व तयार पार्ने अपेक्षा गरिएको छ ।