मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

प्रहरी नेतृत्वमा ठूलो फेरबदल : दानबहादुर कार्की पदमुक्त, मनोज केसी नयाँ आईजीपी नियुक्त

प्रहरी नेतृत्वमा ठूलो फेरबदल : दानबहादुर कार्की पदमुक्त, मनोज केसी नयाँ आईजीपी नियुक्त
प्रहरी नेतृत्वमा ठूलो फेरबदल : दानबहादुर कार्की पदमुक्त, मनोज केसी नयाँ आईजीपी नियुक्त · चासो अनलाइन

काठमाडौँ । सरकारले नेपाल प्रहरीको नेतृत्वमा ठूलो फेरबदल गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।

यससँगै वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाइएको छ।लगातार दोस्रो दिन बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नेतृत्व परिवर्तनको निर्णय गरेको हो। यसअघि १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबारदेखि पुनः नियमित हुन थालेको थियो।

पदमुक्त भएका कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप लगाउँदै आएका थिए। पछिल्लो समय बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटासँग कार्की र अर्का एआईजी राजन अधिकारी सम्पर्कमा रहेको विवरणसमेत सार्वजनिक भएका थिए।यसअघि इनम सापकोटासँग सम्पर्कको प्रमाण भेटिएको भन्दै सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई समेत पदबाट हटाइसकेको थियो।

उच्च पदस्थ सुरक्षा अधिकारीहरूको विवादास्पद व्यक्तिसँगको सम्बन्धबारे विवरण सार्वजनिक भएपछि असोज ३० गते यता मन्त्रिपरिषद् बैठक प्रभावित हुँदै आएको थियो।

सामान्यतया साताको सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक यसपटक प्रधानमन्त्रीको विशेष आह्वानमा बुधबार बसेको हो। बैठकले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ।

विषय #मनोञ्जन