बुधबार मंसिर ९, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

सप्तरीको रुपनीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, बस्तीमा त्रास

सप्तरीको रुपनीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, बस्तीमा त्रास
सप्तरीको रुपनीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, बस्तीमा त्रास · चासो अनलाइन

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब १ बजे हात्तीको आक्रमणमा परी रुपनी गाउँपालिका–६, वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती प्रवेश गरेको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रमणका क्रममा श्रेष्ठका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

रुपनी क्षेत्रमा करिब एक सातादेखि हात्तीको ठूलो बथान पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । रातको समयमा बस्तीमा हात्ती पस्न थालेपछि स्थानीयहरू असुरक्षित महसुस गर्दै सतर्कता अपनाउन बाध्य छन् ।

यसअघि गत २९ कात्तिकमा पनि सप्तरीको सरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । जिल्लामा हात्तीको आक्रमणका घटना दोहोरिन थालेपछि स्थानीय बासिन्दामा चिन्ता र त्रास थपिएको छ ।