About
समाचार टिप, विज्ञापन, सुझाव वा गुनासो — जे भए पनि हामीलाई लेख्नुहोस्। सामान्यतया एक कार्यदिनभित्र जवाफ दिन्छौं।
समाचार केवल सूचना होइन, यो समाजको धड्कन हो, नागरिकको सरोकार हो र परिवर्तनको संवाहक हो।
डिजिटल प्रविधिको तीव्र विकाससँगै आज सूचनाको पहुँच त बढेको छ, तर सत्य, तथ्य र निष्पक्ष समाचारको आवश्यकता झन् गम्भीर बन्दै गएको छ। यही आवश्यकता र व्यावसायिक पत्रकारिताप्रतिको निष्ठालाई आत्मसात गर्दै २०७७ सालमा सूचना विभागमा दर्ता भई सञ्चालनमा आएको डिजिटल समाचार पोर्टल हो चासो अनलाइन। राजनीति, अर्थतन्त्र, समाज, स्वास्थ्य, प्रविधि, खेलकुददेखि मनोरञ्जनसम्मका विविध विषयहरूलाई हामी छिटो, भरपर्दो, परिपक्व र सरल भाषामा प्रस्तुत गर्दै आएका छौं।
डिजिटल माध्यममा पाठक तथा दर्शकको बढ्दो रुचि र आवश्यकतालाई ध्यानमा राख्दै हामीले आफ्नो यात्रालाई अझ फराकिलो बनाएका छौं। डिजिटल प्लेटफर्ममा हाम्रो आफ्नै ‘चासो टिभी’ (Chaaso TV) पनि सञ्चालनमा छ, जसले श्रव्यदृश्य सामग्रीमार्फत आम दर्शकमाझ प्रत्यक्ष पहुँच पुर्याइरहेको छ। आज विभिन्न डिजिटल प्लेटफर्ममार्फत मासिक ४ करोड ५० लाख (४५ मिलियन) भन्दा बढी दर्शकले चासो टिभीका सामग्रीहरू हेर्ने गर्नुभएको छ। यो विशाल दर्शक संख्या र साथले हामीलाई अझ स्तरीय, खोजमूलक र जनमुखी सामग्री उत्पादन गर्न निरन्तर ऊर्जा प्रदान गरिरहेको छ।
पत्रकारिता केवल घटनाको टिपोट मात्र होइन, बरु यसले समाजका विकृतिमाथि प्रहार गर्दै सुधारको बाटो देखाउनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं। आजको सूचना महासञ्चारको युगमा सत्य र भ्रमबीचको रेखा धमिलो हुँदै गएको छ। सामाजिक सञ्जालमा छरिने भ्रामक सूचना र सनसनीपूर्ण समाचारहरूको भिडमा पाठक तथा दर्शकलाई सही, प्रमाणित र तथ्यपरक सूचना दिनु हाम्रो प्रमुख दायित्व हो। हामी कुनै पनि समाचार वा सामग्री प्रस्तुत गर्दा त्यसको गहिराइमा पुग्छौं, बहुपक्षीय सत्यता जाँच गर्छौं र आम नागरिकको हितलाई सधैं सर्वोपरि राख्छौं।
हाम्रो स्पष्ट लक्ष्य छ नागरिकलाई सुसूचित मात्रै गराउने होइन, बरु मुलुकका ज्वलन्त मुद्दाहरूमा स्वस्थ, तर्कसम्मत र रचनात्मक सार्वजनिक बहसको सिर्जना गर्ने। हामी जनताका प्रश्नहरूलाई सरोकारवाला निकायसम्म पुर्याउँछौं र पारदर्शिता तथा उत्तरदायित्वको पक्षमा निरन्तर कलम र क्यामेरा चलाउँछौं। तपाईंहरूको माया, विश्वास र साथ नै ‘चासो अनलाइन’ र ‘चासो टिभी’ को सबैभन्दा ठूलो शक्ति हो।
आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारिताको यो यात्रालाई अझ सबल रूपमा अगाडि बढाउन हामी कटिबद्ध छौं।
- २४/७लगातार अपडेट हुने न्युजरुम
- ७७जिल्लासम्म पुग्ने संवाददाता सञ्जाल
- १०+विषयगत डेस्क र श्रेणी
- १००%प्रकाशनअघि तथ्य जाँच
हामी के कभर गर्छौं
About
Amrita Bhandariप्रधान सम्पादक

