मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

सुनकोशी–मरिन आयोजनाको पुनः ठेक्का आह्वान गर्ने तयारी

सुनकोशी–मरिन आयोजनाको पुनः ठेक्का आह्वान गर्ने तयारी
सुनकोशी–मरिन आयोजनाको पुनः ठेक्का आह्वान गर्ने तयारी · चासो अनलाइन

काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई गति दिन सरकारले पुनः ठेक्का आह्वान गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नयाँ सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार बोलपत्रसम्बन्धी कागजात र मूल्याङ्कन विधि अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यका अनुसार आयोजनाको लागत अनुमान चालु आर्थिक वर्षमै स्वीकृत भइसकेकाले पुनः लागत अद्यावधिक गर्नुपर्ने छैन। ठेक्का प्रक्रिया छिटो टुंग्याएर निर्माण कार्य सुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको उनले बताए।

यसअघिको ठेकेदारसँग सम्बन्धित केही धरौटी तथा कार्यसम्पादन जमानत जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार