मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा · चासो अनलाइन

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ११ बजे गल्छी गाउँपालिका–७, गल्छी बजारमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४ निवासी २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार