नेप्से १५ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ५५ करोड नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३९ अंकले वृद्धि हुँदै २ हजार ६३८.९५ विन्दुमा पुगेको हो।
यस दिन बजारमा कुल ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा १ अर्ब ७२ करोड ९८ लाख रुपैयाँले बढी हो। सोमबार ३ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। यसैगरी, ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।





