सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ५ सय र चाँदी ३५ रुपैयाँले महँगियो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ निर्धारण गरिएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ र चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा सामान्य वृद्धि देखिएको छ।



