मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो · चासो अनलाइन

काठमाडौं, मंसिर १ : नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार