मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो · चासो अनलाइन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तिहारयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता २३ हजार ४०० रुपैयाँले घटिसकेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार