मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अन्यायमा परेका एसएसपि अधिकारिलाई आईजिपि कार्किले दिए न्याय

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। आज बसेको बढुवा समितिको बैठकले अधिकारीलाई सिफारिस गरेपछि प्रहरी प्रमुख आईजीपी कार्कीले अन्यायमा परेका अधिकारीलाई न्याय दिएको सन्देश प्रवाह भएको छ।

यसअघिको बढुवामा वरीयताको पहिलो नम्बरमा रहेर पनि उनी छुटेका थिए, जसले ठूलो विवाद निम्त्याएको थियो। स्मरण रहोस्, अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख रहेका थिए र सो घटनापछि उनको सरुवा गरिएको थियो।

लामो समयको प्रशासनिक र राजनीतिक विवादपछि आएको यो सिफारिसलाई प्रहरी प्रशासनमा सकारात्मक कदमका रूपमा लिइएको छ।