मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त, शीतल निवासमा शपथ
भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त, शीतल निवासमा शपथ · चासो अनलाइन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले डा. निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र सुरेशकुमार कर्णलाई इजरायलका लागि नेपालको राजदूत नियुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो।

त्यसैगरी, राष्ट्रपति पौडेलले सोमबार नै शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त तीनै जना राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार