मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद

स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद
स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद · चासो अनलाइन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शैक्षिक वर्ष २०८३/०८४ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीका लागि अनलाइन रजिस्ट्रेसन फाराम खुला गरेको छ।

कार्यालयले मंगलबारदेखि रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको हो। चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीबाहेक अन्य आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफैँ अनलाइनमार्फत फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ।

वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गत अध्ययनरत विद्यार्थीले आगामी २०८३ साल माघ १५ गतेभित्र अनलाइन फाराम भरिसक्नुपर्नेछ। विद्यार्थीले भरेका फाराम सम्बन्धित क्याम्पसले प्रमाणीकरण गरी माघ १७ गतेभित्र आवश्यक दस्तुर र कागजातसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ।

त्रिविले रजिस्ट्रेसन शुल्क नेपाली विद्यार्थीका लागि एक हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि १५ हजार रुपैयाँ निर्धारण गरेको छ।

रजिस्ट्रेसन फारामसँगै विद्यार्थीले एसएलसी/एसईई वा सोसरहको परीक्षाको मार्कसिट, चारित्रिक प्रमाणपत्र, प्रोभिजनल प्रमाणपत्रको प्रतिलिपि र सक्कल माइग्रेसन प्रमाणपत्र पेस गर्नुपर्नेछ। विदेशी शैक्षिक बोर्डबाट अध्ययन पूरा गरेका विद्यार्थीले इक्विभ्यालेन्ट लेटरको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ।

क्याम्पसहरूले विद्यार्थीले अनलाइन फाराममा भरेका विवरण रुजु तथा प्रमाणीकरण गर्ने जिम्मेवारी सम्बन्धित क्याम्पसकै हुने कार्यालयले जनाएको छ।

त्यस्तै, रजिस्ट्रेसन प्रक्रिया पूरा भएपछि प्रथम वर्षको परीक्षा सञ्चालन नभएसम्म माइग्रेसन प्रमाणपत्र उपलब्ध नगराइने व्यवस्था गरिएको छ। सोही कारण क्याम्पसहरूलाई उक्त अवधिमा माइग्रेसनका लागि सिफारिस नगर्नसमेत सूचित गरिएको छ।


लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार