एनपिएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, मंसिर १ : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
लुम्बिनी र सुदूरपश्चिम दुवै टोली पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रँदैछन्। सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने लुम्बिनी दोस्रो पटक फाइनलमा स्थान बनाउने प्रयासमा हुनेछ।
एनपिएलको अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।





.jpg)