काठमाडौँ । संस्कार समाज नेपालकी अध्यक्ष एवम् समाजसेवी पशुपति गुरुङले रु १५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
अध्यक्ष गुरुङले आफ्नो स्वर्गीय आमा चिसकुमारी गुरुङको नाममा रु पाँच लाख, सासुआमा स्व् शिरकुमारी गुरुङको नाममा रु पाँच लाख र कास्कीको माछापुच्छे गाउँपालिकास्थित बमबहादुर आधारभुत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
दुई दशकभन्दा बढी समय प्रवासमा विताएर नेपाल फर्कनुभएकी गुरुङ संस्कार समाज नेपालमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।
‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आँफै बनाऔँ,’ भन्ने मुल नाराका साथ अगाडि बढेको संस्कार समाज नेपालले गतवर्ष एक हजार ५०० सार्वजनिक सवारी साधनमा ट्राफिक जनचेतना अडियो पेनड्राइभ र एक हजार ५०० डष्टविन वितरण गरेको थियो ।
‘असल संस्कार, समृद्धिको आधार’ भन्ने नारालाई समेत अगाडि बढाएको संस्कार समाजले स्कुल, स्कुलमा असल संस्कार र हरेक महिनाको एक गते एक घण्टा एक सय मिटरको दुरीमा सरसफाई महाअभियान समेत सञ्चालन गरिरहेको छ ।