सर्कल हर्ट र युवा नेत्र सेवाको संयुत्त आयोजनामा निशुल्क “आँखा स्वास्थ्य शिविर सम्पन्न”

२०७९ मंसिर २४  गते शनिवार सर्कल हर्ट र युवा नेत्र सेवा को संयुक्त आयोजनामा डाँडागाउ स्थित श्री बाल बिकास समाज आधारभूत बिधालय, बुढानिलकण्ठ -५, मा  सम्पन्न गरिएको "आँखा स्वास्थ्य परिक्षण शिविर" सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहेको थियो जसमा युवा नेत्र सेवाका संस्थापक अध्यक्ष वरिष्ट नेत्र अनुसन्धान विज्ञ सिदार्थ रन्जित, सर्कल हर्टका संस्थापक अधयक्ष अमृता भण्डारी,  श्री बाल बिकास समाज आधारभूत बिधालय, बुढानिलकण्ठ -५, का प्रधानअध्यापक  दोर्जे तामाङ, पेन्देल आमा समूहका अधय्क्ष देवकी तामाङ,प्यूलिङ गुम्बाका गुरु तेन्जिङ छोपेल, ग्रीन भ्याली रिसोर्टका प्रबन्धक  गणेश श्रेष्ठ  लगायत ब्यक्तिहरुको उपस्थिती रहेको थियो। 

उक्त कार्यक्रममा सर्कल हर्ट संस्थाका संस्थापक अध्यक्ष भण्डारीले कार्यक्रममा उपस्थित ब्यक्तिहरुलाई स्वागत गर्दै समाज सेवाका क्षेत्रमा सबैले आ-आफ्नो तवरबाट काम गर्न पनि आव्हान गर्नुभएको छ । 


युवा नेत्र सेवाका संस्थापक अध्यक्ष सिदार्थ रन्जितले आँखा स्वास्थ्य क्षेत्रमा बिगत २७ बर्ष देखी निरन्तर काम गर्दै आएको र आँखा एउटा सम्बेदनशील अङग भएका कारण बिशेष ध्यान दिनुपर्ने र यस्ताखालका कार्यक्रम आयोजना गर्नु पर्ने आवश्यकता रहेको पनि  बताउनु भएको हो ।   


श्री बाल बिकास समाज आधारभूत बिधालय, बुढानिलकण्ठ -५, का प्रधानअध्यापक श्री दोर्जे तामाङले खुशी ब्यक्त गर्दै यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिनुभएको छ।
  
"नि:शुल्क आँखा स्वास्थ्य परिक्षण शिविर" मा १४२ ब्यक्तिलाई आँखा परिक्षण गरिएको थियो । जसमध्ये केही ब्यक्तिमा आँखा सम्बन्धी सम्स्या देखिएका कारण सम्बन्न्धित ब्यक्तिहरुलाई थप उपचार गर्नुपर्ने देखिएको र केही समयभित्र नै आवस्यक उपचार गरिने सर्कल हर्ट संस्थाका सचिव नरेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभएको हो ।

उक्त कार्यक्रमलाई सफल पार्नका निम्ती एस. एस. हस्पिटालिटी सोलुशन, ग्रीन भ्याली रिसोर्ट, बिधालय परिवार, पेन्देल आमा समूह ले सहयोग गरेको थियो भने उक्त कार्यक्रममा स्थानिय ब्यक्ति, अनाथ असहाय बाल सुधार समाज, प्युलिङ गुम्बाका ब्यक्तीहरुले सेवा पाउदा खुशी ब्यक्त गरेका थिए र उक्त शिविर कार्यक्रम सोचे बमोजिम सफल भएको सर्कल हर्टका  सचिव अधिकारीले जानकारी गराउनु दिनु भएको हो ।