मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

सुनको मूल्यमा फेरि गिरावट, तोलामा १ हजार १०० रुपैयाँले घट्यो

सुनको मूल्यमा फेरि गिरावट, तोलामा १ हजार १०० रुपैयाँले घट्यो
सुनको मूल्यमा फेरि गिरावट, तोलामा १ हजार १०० रुपैयाँले घट्यो · चासो अनलाइन

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार