मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

२० जिल्लामा बाढीको ‘रेड अलर्ट’, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। गएरातिदेखि भइरहेको अविरल वर्षा दिउँसोपछि अझै तीव्र हुने सम्भावना देखिएपछि महाशाखाले उच्च जोखिमको चेतावनी दिएको हो।

रेड अलर्ट जारी गरिएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवन पर्छन्।

यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा पनि उच्च सतर्कता आवश्यक भएको महाशाखाले जनाएको छ।

त्यसैगरी, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया आसपासका जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको चेतावनी दिइएको छ।

महाशाखाले आज बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव सतर्कता तह पार गर्न सक्ने भन्दै नदी किनारमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।