मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

डिजिटल पत्रकारितामा योगदानका लागि पत्रकार बिमलबाबु भट्ट सम्मानित

गोरखा सांस्कृतिक समाजले डिजिटल पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका पत्रकार बिमलबाबु भट्ट लाई “गोरखा सांस्कृतिक समाज पत्रकारिता पुरस्कार २०८२” प्रदान गरेको छ।

शनिबार काठमाडौंमा सम्पन्न समाजको दशौं साधारण सभा र पाँचौं सत्रको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो।

पत्रकार भट्टले लामो समयदेखि मिडिया क्षेत्रमा सक्रिय रहँदै सिम्पानी न्यूज डट कम (simpaninews.com) सञ्चालनमार्फत जनहितका समाचार तथा सूचना प्रवाह गर्दै आएका छन्। उहाँले डिजिटल पत्रकारितामा नवीन सोच, पारदर्शी अभ्यास र सामाजिक उत्तरदायित्वलाई अघि बढाउँदै मिडिया क्षेत्रमा नयाँ आयाम थप्नुभएको समाजले जनाएको छ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा शिक्षाविद् आलोक श्री प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। उहाँले पुरस्कारबाट सम्मानित पत्रकार भट्टलाई बधाई दिँदै पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा योगदान पु-याउने सबै मिडिया व्यक्तित्वलाई निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।

सोही अवसरमा समाजका अध्यक्ष सुनिल लामिछाने र कार्यवाहक महासचिव टेक बहादुर गुरुङले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो।

समाजका अनुसार भट्टको निरन्तर पत्रकारिता यात्रा, जिम्मेवार समाचार प्रस्तुति र डिजिटल माध्यममा गरिएको योगदानका कारण उहाँलाई यो वर्षको पत्रकारिता पुरस्कारका लागि चयन गरिएको हो।