काठमाडौं, चैत १ – सर्कल हार्ट संस्थाले KC Resources & Services लाइ आजीवन सदस्यता सम्मान प्रदान गरेको छ ।
संस्थाका संरक्षक कञ्चन घिमिरे ले केसी रिसोर्सेसका संस्थापक आरभ केसी को सामाजिक सेवामा निरन्तर योगदानको प्रशंसा गर्दै भविष्यमा संस्थासँग सहकार्य गरेर अझ प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, संस्थाका अध्यक्ष अमृता भण्डारी ले पनि केसी रिसोर्सेसको सामाजिक उत्तरदायित्व प्रति देखाएको समर्पण प्रेरणादायी रहेको बताउँदै आगामी दिनमा संस्थाले समाजसेवाका क्षेत्रमा थप प्रभावकारी पहल गर्ने विश्वास ब्यक्त गर्नुभयो |
केसी रिसोर्सेसका संस्थापक आरभ केसी ले संस्थासँग सहकार्य गर्दै र आफु स्वयम सस्थामा रहेर सामाजिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
