मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हमास आक्रमण जासुसी संयन्त्र असफल भएकोबारे इजरायलले अनुसन्धान गर्दै

काठमाडौं : इजरायलले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा आफ्नो जासुसी संयन्त्र असफल भएकोबारे अनुसन्धान थालेको छ।विश्वकै बलियो जासुसी संयन्त्र भएको भनिएको इजरायलमा ७ अक्टोबरका दिन गाजापट्टीबाट हमास समूहले अचानक आक्रमण गरी ठूलो मानवीय क्षति पु¥याएको थियो। बेन्जामिन नेतन्याहू सरकारले इजरायल डिफेन्स फोर्स र इन्टेलिजेन्स एजेन्सी मोसादलाई उक्त कमजोरीबारे अनुन्धानका लागि निर्देशन दिएको छ। 

प्रारम्भिकरुपमा हमासले आक्रमणको तयारी गरेको सूचना पाएर पनि इजरायली सेनाले हमासको आक्रमण क्षमतामाथि विश्वास नगरी बेवास्ता गरेको अनुमान गरिएको छ। हमासको आक्रमणमा एकै दिन ६ सयभन्दा बढीको मृत्यु र कयौँ मानिस घाइते भएका थिए। हमासले कयौँ मानिसलाई बन्धक बनाएको थियो। 

यो आक्रमणमाबाट इजरायलमा मृत्यु हुनेको संख्या बढेर १४ सय पुगेको छ। त्यसयता इजरायलले हमासको क्याम्प ध्वस्त पार्ने भन्दै गाजापट्टीमा निरन्तर आक्रमण जारी राखेको छ। एक महिनादेखि जारी आक्रमणमा गाजापट्टीमा ९ हजार ७ सय बढीको मृत्यु भइसकेको छ।

 

Source:thahakhabar