काठमाडौ फागुन ११ , पारिवारिक वातावरण र पाहुना सत्कारमा बुढानिलकन्ठ स्थित रोयल भिल्ला रिसोर्टले यतिबेला दिनप्रतिदिन चर्चा बटुलिरहेको छ ।
अमेरिकाको लामो बसाई पश्चात केहि बर्ष अगाडि आफ्नै मातृभुमि नेपालमा उद्यम व्यवसाय गर्नुपर्छ भनि फर्किनु भएका म्याग्दिका पुष्कल मल्लको लगानिमा बुढानिलाकन्ठ न.पा. वडा नं ५ डाँडागाऊँ अति रमणीय स्थानमा रहेको उक्त रिसोर्टमा इनडोर बार एण्ड रेष्टुरेन्ट रुफ टप बार एण्ड रेष्टुरेन्ट ४०० देखि ५०० जनालाई सामिल गराउन सकिने पिकनिक स्थल ब्याकेवटका साथै पर्याप्त पार्किङको उचित व्यवस्थापन रहेको छ ।
दुई बर्ष अघि लकडाउनकै अवस्थामा संन्चालनमा भएको उक्त रिसोर्ट यतिबेला पाहुनाहरुको रोजाइको गन्तब्य बनेको छ । साथै पाहुना सत्कारलाई विशेष ध्यानमा राख्दै १ प्राईभेट भिल्लार १८ वटा रुम सन्चालनमा रहेको जानकारि समेत रिसोर्टका प्रबन्ध निर्देशक पुष्कल मल्लले बताउनु भयो ।
ग्राहकको सन्तुष्टिलाई ध्यान मा राख्दै दक्ष तथा अनुभवि सेफहरु द्वारा गुणस्तरिय खानाहरु पस्कनुका साथै कस्टमर सर्भिसलाई बिशेष ध्यानमा राख्दै यहाँ लोकल कुखुरा, कालिज ,टाउट माछा बदेलका परिकारहरु ग्रहकका चाहानाअनुरुप तयार पारिन्छ ।
रोयल भिल्ला रिसोर्ट शिवपुरी राष्टिय निकुन्ज सगै रहेको हुँदा प्राकृतिक दृष्टिकोणले पनि स्वस्च्छ शान्त वाताबरणमा रहनुका साथै उक्त रिसोर्ट बाट उपत्यकाकालाई १८० डिक्री मा दृश्यअवलोकन गर्न सकिन्छ ।
रोयल भिल्ला रिसोर्टका प्रबन्ध निर्देशक
फोटो फिचर