मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सविनाले सम्हालिन् बालेनको मिसन,मेयर मोडेलबाटै यसरी बन्दैछिन किंगमेकर

राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेन पश्चिम हानिसँगै झापाको कमाण्ड श्रीमती सविना काफ्लेले सम्हालेकी छिन् । काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर झापा ५ बाट उम्मेदवारी दिएका बालेनले यसअघि पूर्वी पहाडी जिल्लामा चुनावी अभियान पूरा गरेका छन्।

 उनी पाथीभरा मन्दिर पुगेर संखुवासभा र तेह्रथुम हुँदै काठमाडौँ फर्किएका हुन भने अव उनले सो क्रममा पूर्वमा हर्क साम्पाङले पारेको प्रभाव बुझे भने अव उनको प्राथमिकतामा सुदुरपश्चिमा कर्णाली देखिएको छ । फलत ः  उनले  कैलालीबाटसुदूरपश्चिमका केही पहाडी जिल्लाको भ्रमण गर्ने रास्वपाले जानकारी दिएको छ ।

यहिकारण उनको क्षेत्र झापा ५ को घरदैलो कार्यक्रम भने श्रीमतीको नेतृत्वमा सचिवायलले अघि सारेको छ । हुन त सविना यसअघिबाटै बालेनको माहौल बनाउन रणनितिक रुपमा सक्रिय थिइन भने उनको प्रत्येक राजनीतिक कदमको पहिलो सल्लाहकार समेत हुन् । यसैको उदाहरण उनले केहि समय अघि चुनावी अभियानलाई थप प्रभावकारी बनाउन सब्लिमिनल क्याम्पेनिङको प्रयोग गरेकी थिईन । उनले दरबारमार्गको आधुनिक र चिल्लो ग्रेनाइट जडित सडकपेटीमा हिँड्दै यो सडकपेटी नचिप्लिने रहेछ भन्ने आशयको क्याप्सन सहित सार्वजनिक गरेको भिडियो यसै रणनीतिको एक ज्वलन्त उदाहरण हो । हेर्दा यो एउटा सामान्य जानकारी वा व्यक्तिगत अनुभव जस्तो देखिए तापनि, यसको राजनीतिक र मनोवैज्ञानिक गहिराइ निकै ठूलो छ। दरबारमार्गको त्यो सडकपेटी बालेन शाहको सफल कार्यकाल र आधुनिक विकासको प्रतीक हो। सविनाले उक्त भिडियोमार्फत बालेनको विकास मोडेल लाई मौन रूपमा तर प्रभावकारी ढंगले झापाका मतदाताको मस्तिष्कमा र्पुयाउने काम गरेकी छिन्।

 नचिप्लिने रहेछ भन्ने भनाइले एकातिर पूर्वाधार निर्माणका क्रममा भएका आलोचनाहरूलाई रचनात्मक ढंगले चिरेको छ भने अर्काेतिर बालेनले गर्ने काममा गुणस्तर र सुरक्षाको सुनिश्चितता हुन्छ भन्ने सुक्ष्म सन्देश प्रवाह गरेको छ । आधुनिक निर्वाचनमा ठूला आमसभा र चर्काे भाषणभन्दा यस्ता सफ्ट र सटल सन्देशहरू बढी प्रभावशाली मानिन्छन्। मतदाताले जब प्रत्यक्ष रूपमा प्रचार सामग्री देख्छन्, उनीहरूमा प्रतिवाद गर्ने सोच आउन सक्छ, तर यस्ता सुक्ष्म सामग्रीले थाहै नपाई उनीहरूको मनमा उम्मेदवारको कार्यकुशलता र भिजनप्रति विश्वास पैदा गरिदिन्छ। सविना काफ्लेको यो प्रस्तुतिले बालेनलाई केवल एक नेताका रूपमा मात्र नभई, एक सफल कार्यन्वयनकर्ताका रूपमा स्थापित गरेको छ । झापा ५ को प्रतिष्पर्धामा यस प्रकारको मनोवैज्ञानिक युद्धकलाले बालेनको छविलाई एक आधुनिक, तार्किक र प्रगतिशील विकल्पका रूपमा मजबुत बनाउने देखिन्छ, जसले मतदानको अन्तिम घडीमा निर्णय प्रक्रियालाई चुपचाप प्रभाव पार्ने सामथ्र्य राख्छ । यसले समेत उनी कति रणनितिक छन् भन्ने प्रष्ट हुँदा बालेनलाई मेयर बनाउन पनि उनको योगदान कम थिएन् । 

नेपालको राजनीतिमा ुस्वतन्त्रु शब्दलाई स्थापित गर्दै बालेन शाहले काठमाडौँको मेयर जित्नु एक ऐतिहासिक परिघटना थियो। यस ऐतिहासिक सफलताको जगमा उभिएकी थिइन— सविना काफ्ले । पेशाले जनस्वास्थ्य विशेषज्ञ सविना र इन्जिनियर बालेनको जोडीले चुनावी मैदानमा जुन तालमेल देखाए, त्यो आधुनिक चुनावी रणनीतिका लागि एउटा विश्वविद्यालय नै बन्न सक्छ । फलत ः बालेनलाई मेयर बनाउने यात्रामा उनकी श्रीमती सविना काफ्लेको भूमिकालाई धेरैले पर्दा पछाडिको कमाण्डर को संज्ञा दिने गर्छन्। । बालेन शाहले जब मेयर उठ्ने निर्णय गरे, त्यो समयमा सविना आफ्नो करियरमा निकै व्यस्त थिइन्। । तर, श्रीमानको सपनाले काठमाडौँको मुहार फेर्न सक्छ भन्ने कुरामा उनलाई पूर्ण विश्वास थियो । उनले बालेनलाई तिमी अघि बढ, व्यवस्थापन म हेर्छु भन्दै आफ्नो जागिर र व्यक्तिगत महत्वाकांक्षालाई केही समयका लागि थाती राखिन्।

 चुनावी अभियानका लागि एउटा दक्ष म्यानेजरको खाँचो थियो, जुन भूमिका सविनाले निःस्वार्थ रूपमा स्वीकार गरिन्। । त्यतिवेला बालेनको चुनावी अभियान कुनै ठूलो पार्टीको भव्य कार्यालयबाट सुरु भएको थिएन । एउटा सानो कोठा र ग्यारेजबाट सुरु भएको यो यात्रालाई सविनाले संस्थागत ढाँचामा ढालिन्।  । उनले स्वयम्सेवकहरूको भर्ना, तिनीहरूको कार्यविभाजन र परिचालनको जिम्मा लिइन्। । देशभरबाट र विदेशबाट समेत बालेनलाई साथ दिन चाहने हजारौँ युवाहरूलाई एउटै सुत्रमा बाँध्ने काम सविनाले नै गरिन्। । उनले सचिवालयमा एक यस्तो संयन्त्र बनाइन जहाँ हरेक स्वयम्सेवकले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेका थिए । सविनाको सबैभन्दा ठूलो शक्ति उनको एनालिटिकल दिमाग हो । बालेनको क्याम्पेन परम्परागत पार्टीहरूको जस्तो केवल नारा र जुलुसमा सीमित थिएन । सविनाको टोलीले काठमाडौँका ३२ वटै वडाको जनसांख्यिकीय अध्ययन गरेको थियो ।  कुन वडामा कस्ता मतदाता छन् र उनीहरूको मुख्य समस्या के हो भन्ने डाटा सविनाले संकलन गराएकी थिइन्। । त्यस्तै सामाजिक सञ्जालमा बालेनको क्रेजलाई भोटमा बदल्न सविनाले डिजिटल मार्केटिङका विज्ञहरूसँग मिलेर काम गरिन्। कुन समयमा कुन भिडियो सार्वजनिक गर्ने र युवा मतदातालाई कसरी केन्द्रित गर्ने भन्ने रणनीति उनकै नेतृत्वमा बनेको थियो । बालेन जब घरदैलोमा निस्कन्थे, उनी कुन गल्लीमा जाने, कसलाई भेट्ने र त्यहाँको मुख्य समस्याबारे के बोल्ने भन्ने कुराको टिपोट सविनाको टोलीले तयार पारेको हुन्थ्यो। सविना आफैँ पनि कतिपय ठाउँमा प्रत्यक्ष पुग्थिन् भने कतिपय ठाउँमा पर्दा पछाडिबाटै रियल–टाइम मोनिटरिङ गर्थिन्। उनले बालेनको व्यस्तता र स्वास्थ्यको पनि उत्तिकै ख्याल राखिन, ताकि लामो चुनावी दौडमा उनी नथाकुन् ।

चुनावको समयमा विपक्षीहरूबाट अनेकौँ व्यक्तिगत र राजनीतिक आक्रमणहरू भए। सामाजिक सञ्जालमा बालेनको परिवार र व्यक्तिगत जीवनलाई लिएर गलत प्रचार पनि गरिए । यस्तो समयमा बालेनलाई विचलित हुन नदिन सविनाले ठूलो भावनात्मक साहस प्रदान गरिन्। उनले विपक्षीका प्रहारहरूको जवाफ गालीले होइन, बरु संयमता र तर्कले दिनुपर्छ भन्ने सल्लाह दिन्थिन्। बालेनको कुल र कम्पोज्ड देखिने व्यक्तित्वको पछाडि सविनाको ठूलो ढाडस थियो । सविनाको एउटा अनौठो गुण भनेको उनी कहिल्यै अगाडि आउन चाहिनन्। उनले न त कुनै स्टेजमा भाषण गरिन, न त बालेनको जीतको श्रेय लिन मिडियामा अन्तरवार्ता दिइन्। उनको उद्देश्य स्पष्ट थियो— बालेनलाई जिताउने र काठमाडौँमा परिवर्तन ल्याउने । उनले किंग मेकरको भूमिका खेलिन् तर आफूलाई सधैँ छायामा राखिन्। । जीतपछि पनि उनी सार्वजनिक कार्यक्रमहरूमा खासै देखिइनन ।