"इन्ट्रा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका" को आयोजनामा नेपालको पहिलो अन्तरराष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ नेपाल टेलेभिजन बाट प्रसारण भईरहेको छ । यस कार्यक्रमको निर्णायक प्यानलमा दिप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा र पुष्पन प्रधान रहेका छन, प्रस्तोताका रुपमा रीमा विश्वकर्मा र सन्दिप छेत्री रहेका छन भने, शोलाई अलिन श्रेष्ठले निर्देशन गरेका छन ।
यतिबेला उत्कृष्ट गायन प्रतिभा प्रस्तुत गरिरहेका प्रतिस्प्रधीहरु मध्ये संखुवासभाका परेश राई उत्कृष्ट ८ मा पर्न सफल भएका छन, उनी सानै उमेर देखी वासुरी बजाउने, मादल बजाउने साथै गायन कलामा रुची राख्दथे भने पठन पाठनमा समेत अब्बल रहने गरेको कुरा उनकै दिदीले उक्त कार्यक्रममा बताएकी थिन ।
प्रतिस्पर्धीहरुको उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णयक मण्डलीको ५० % अधिकार रहेको छ भने दर्शक दिर्घाबाट ५०% भोटिङ को अधिकार रहेको छ ।