मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

विद्युतको तारमा अवरोध गर्ने रुख हटाउँदै महानगर

२९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारणमा अवरोध गर्ने रुख र रुखका हाँगाहरु काट्न सुरु गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत सिनामंगल क्षेत्रमा विद्युतको तारमा अवरोध गर्ने रुख र रुखका हाँगा काटेर पन्छाउने काम भइरहेको महानगरले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर रुख र रुखका हाँगा काट्ने काम भइरहेको छ ।

महानगरका अनुसार काटिएक रुख र हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।