मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

देशभर वर्षा र हिमपातको सम्भावना, मौसम महाशाखाको सावधानी आग्रह

देशका धेरै स्थानमा आजदेखि पर्सिसम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। साथै, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सोमबार दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

पर्सि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।