मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

भीम रावल पनि प्रचण्ड–माधवकै बाटोमा, टोखामा भयो यस्तो सहमती

काठमाडाैँ - नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० पार्टीबीच कार्तिक १९ गते एकता घोषणा भएको थियो। त्यसै दिन रावललाई पनि एकतामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो । आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच उनकै निवास टोखामा भएको छलफलले एकता टुङ्ग्याएको हो । अब नेपाली कम्युनिस्ट पार्टीमा रावल छैठौं वरियताको नेता हुने सहमति भएको हो । एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै उनलाई पार्टीबाटै निष्कासन गरिएको थियो । रावललाई कार्तिक २७ गतेभित्र कार्यक्रम गरेर नेकपामा स्वागत गर्ने तयारी छ ।