काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
नेपालमा रहेको चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेकाे राखेपले जनाएकाे छ । झन्डै ८५ लाख रुपैयाँ बराबरका विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।
डेपुटी चिफ दी मिसन वाङका अनुसार यो सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरू चीन सरकारद्वारा विगतमा पनि सहयोग भएकाे र आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएकाे बताएका थिए ।
