काठमाडौंः कालोमोसो नेपाल कन्द्रीय कार्यालय स्थापना गरेको भन्दै प्रहरीले एक्सन लिएको छ।
चितवन भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोडमा केही समुहले कालोमोसो नेपाल केन्द्रीय कार्यालय स्थापना गरेका थिए। जसको नेतृत्व शम्भु थापाले लिएका थिए। ४० जनाभन्दा बढी सङ्ख्यामा कालोमोसो भन्ने संगठनको व्यानर लिएर मानिस जम्मा भएको सुचना प्रहरीले पाएको थियो। त्यसपछि समुहलाई हटाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
चितवन भरतपुरका नित्यानन्द रिजाल (जिल्ला संयोजक), शम्भु थापा (केन्द्रीय अध्यक्ष) र नबिन गैरे (बागमती प्रदेश संयोजक) लाई नियन्त्रणमा लिएको हो।
ब्यवसायी दुर्गा प्रसाईँले बैङ्क तथा वित्तीय संस्थालाई लक्षित गरेर कालो मोसो दल्न बनाएका समितिका बनाएको घोषणा गरेका थिए। चितवन संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको थियो।
SOURCE: Pahilo Post