मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

फिफा महिला वरियतामा नेपालको ऐतिहासिक फड्को, ८७औं स्थानमा उक्लियो

नेपाली महिला फुटबल टोलीले फिफा वरियतामा ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान उक्लिँदै ८७औं स्थानमा पुगेको छ। यो नेपाली महिला टोलीको अहिलेसम्मकै उच्च वरियताका रूपमा मानिएको छ।

यसअघि नेपालले सबैभन्दा राम्रो वरियतामा ९१औं स्थानसम्मको यात्रा तय गरेको थियो। पछिल्लो समय १००औं स्थानमा रहेको नेपालले फिफा अंक प्रणालीअनुसार ४६.४९ अंकको वृद्धिसहित ८७औं स्थानमा स्थान बनाएको हो।

एशियाली राष्ट्रहरूबीच नेपाल अहिले १६औं स्थानमा रहेको छ। हालै सम्पन्न महिला एशियन कप छनोटमा नेपालले श्रीलङ्का र लाओसलाई हराउँदै उज्बेकिस्तानसँग बराबरी खेलेपछि वरियतामा उल्लेखनीय सुधार आएको हो।

फिफाको हालैको अपडेट अनुसार महिला वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने लामो समयदेखि शीर्षमा रहेको अमेरिका दोस्रो स्थानमा झरेको छ।

पुरुष फुटबलतर्फ भने नेपाल हाल १७५औं स्थानमा रहेको छ।