मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एमसीए–नेपालको ४०० केभी प्रसारणलाइन क्षेत्र वरिपरि संरचना निर्माण र रुख रोप्न निषेध

सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)–नेपालले निर्माण गर्न लागेको ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन परियोजनाका लागि प्रभावित क्षेत्रमा संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, एमसीए–नेपालले निर्माण गर्ने प्रसारणलाइन नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लाबाट गुजरिन्छ। यस परियोजनाअन्तर्गत प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँबायाँ पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न वा रुख रोप्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।

यसका साथै, मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय र त्यस अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिए।