मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रहेनन् बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र

काठमाडाै -  लिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा उनको निधन भएको छ ।

सास फेर्ने समस्या भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको केहीबेरअघि निधन भएको हो । धर्मेन्द्रको निधन भारतीय फिल्म उद्योगका लागि ठूलो क्षति हो। 

र्मेन्द्र भारतीय सिनेमाका सबैभन्दा प्रिय सुपरस्टारमध्ये एक थिए । उनले फिल्म उद्योगलाई ३०० भन्दा बढी चलचित्रहरू दिएका छन् र उमेरको यस चरणसम्म पनि उनी अभिनयमा सक्रिय रहेका थिए ।

६ दशकभन्दा बढी समयसम्म सिनेमामा राज
धर्मेन्द्रले आफ्नो करियरको सुरुवात सन् १९६० मा गरेका थिए । त्यही वर्ष उनको पहिलो फिल्म दिल भी तेरा हम भी तेरे रिलिज भएको थियो । त्यसपछि उनले आई मिलन की बेलाफूल और पत्थरआए दिन बहार के जस्ता चलचित्रमा काम गरे । फूल और पत्थरबाट उनलाई ठूलो लोकप्रियता प्राप्त भयो ।

सन् १९६० देखि १९८० को दशकबीच उनले आंखेंशिखरआया सावन झूम केजीवन मृत्युसीता और गीतायादों की बारातशोलेदोस्तगुलामीधरम वीरहुकुमतचरस, एलान–ए–जंग जस्ता उत्कृष्ट चलचित्रहरू भारतीय सिनेमालाई दिएका थिए ।

धर्मेन्द्रको निधनले बलिउड मात्र होइन, सम्पूर्ण भारतीय कला क्षेत्रलाई ठूलो शोकमा डुबाएको छ ।