गृहमन्त्रीको योग्यतासम्बन्धी मुद्दाको पेसी पुस २२ गते

काठमाडौं– उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दा सुनुवाईका लागि पुस २२ गते पेसी तोकिएको छ। 

गृहमन्त्री लामिछानेविरुद्ध परेको सांसदको योग्यतासम्बी योग्यतासम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस २२ गतेका लागि तोकेको हो। 

लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला,  युवराज पौडेल लगायतले मुद्दा दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै रिट दायर भएको थियो। 

उक्त रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाई भएको थियो। इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि मात्रै आदेश दिने निर्णय गरेको थियो। 

सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन्।