कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल ले निर्वाचन आयोगको कार्यालयमा गएर दुवै निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको जानकारी दिनुभयो।
कांग्रेसले हिजो मात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ।
