मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

शेयर बजारमा सुधार: नेप्से ९.७८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ९४ करोड

हिजोको गिरावटपछि आज शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ। शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७८ अंकले बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको छ।

आज निर्जीवन बीमा र अन्य समूहबाहेक सबै समूहको शेयर बढेको छ। समूहगत रूपमा हेर्दा, विकास बैंक समूहको शेयर साढे १ प्रतिशत तथा होटल समूहको शेयर १ प्रतिशतले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

बजारमा कूल १ सय ६७ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ७६ वटा कम्पनीको घटेको छ। यसैगरी १३ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै घटबढ भएन।

कम्पनीगत प्रदर्शनमा, बन्दीपुर केबलकार, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, र झापा इनर्जी कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ। यद्यपि, आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा भने सबैभन्दा धेरै १० प्रतिशतको गिरावट आयो।

नेप्सेसँगै आज कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। हिजो रु. ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका ८८ लाख ९३ हजार कित्ता शेयर जम्मा ३ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएका छन्।