मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बागमती प्रदेशका तीन मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको आज दिउँसो हुने भनिएको शपथ ग्रहण कार्यक्रम अचानक स्थगित भएको छ। प्रदेश प्रमुखको कार्यालयले उक्त कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको हो।

बिहान सार्वजनिक गरिएको विज्ञप्तिमा प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएकोअचानक काठमाडौँ जानपर्ने बाध्यता देखिएकाले शपथ कार्यक्रम अर्को सूचना नभएसम्मका लागि रोकिएको उल्लेख गरिएको छ।

शपथ लिन तयार रहेका मन्त्रीहरू हुन् —

  • गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानून मन्त्री)

  • गीता गुरुङ (सहकारी तथा गरिबी निवारण मन्त्री)

  • माया श्रेष्ठ (युवा तथा खेलकुद मन्त्री)

यी तीन मन्त्रीको नियुक्ति मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो मात्रै गर्नुभएको थियो। आफैंलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने प्रस्तावसँग असन्तुष्ट पाँच जना मन्त्रीले राजीनामा दिएपछि लामाले नयाँ नियुक्ति गरेका थिए।

शपथ कार्यक्रम हिजो नै हुने भनिए पनि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको फोन निर्देशन पछि कार्यक्रम रोकिएको थियो। त्यसपछि आजको शपथ पनि स्थगनमा परेको हो।

यसबीच, हिजो बागमती कांग्रेस संसदीय दलमा भएको आन्तरिक निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ भने पराजित मुख्यमन्त्री लामाले राजीनामा नदिने अडान जारी राख्नुभएको छ।