मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मन्त्री घिसिङद्वारा बाढीपीडित बीपी राजमार्गको अनुगमन, चाँडो सञ्चालनका लागि निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसहितको टोलीले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । हालैको बाढीले राजमार्गको झन्डै चार किलोमिटर भाग क्षतिग्रस्त बनाएपछि अस्थायी ‘डाइभर्सन’ निर्माण गरी सडक सञ्चालनको तयारी भइरहेको छ ।

अनुगमनका क्रममा मन्त्री घिसिङले कार्यरत सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्गलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । उहाँले वाग्मती, मधेश र कोशी प्रदेशलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने मुख्य मार्ग भएकाले यसको पुनः सञ्चालन अत्यावश्यक रहेको बताउनुभयो ।

गएको आर्थिक वर्षको बाढीले भकुण्डे–नेपालथोक खण्डमा क्षति पुर्‍याएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिए पनि हालको बाढीले पुनः झन्डै चार किलोमिटर सडक बगाएको हो । मन्त्री घिसिङको निजी सचिवालयका अनुसार क्षतिग्रस्त खण्डका केही भागमा स्थायी पुनर्निर्माणको ठेक्का लागिसकेको छ भने बाँकीका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।