मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एनपीएलमा लुम्बिनी लायन्सका खेलाडीलाई शतकमा १ लाख, अर्धशतकमा ५० हजार पुरस्कार

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप 'दुगर स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालि' ले नगद पुरस्कारको घोषणा गरेको छ। कम्पनीको उत्पादन 'सेन्चुरी' को नामबाट लुम्बिनी लायन्सका कुनै पनि खेलाडीले एनपीएलमा शतक प्रहार गरेमा रु. एक लाखअर्धशतक प्रहार गरेमा रु. ५० हजार प्रदान गरिनेछ।

'सेन्चुरी' दुगर स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालि लुम्बिनी लायन्सको प्रायोजक पनि हो। कम्पनीका प्रबन्ध निर्देशक आदित्य दुगडले नेपाली क्रिकेटको विकास र खेलाडीहरूको मनोबल बढाउन यो सहयोग गर्न लागेको बताएका छन्।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा हालसम्म दुई खेल खेलेको छ, जसमा चितवन राइनोजलाई हराए पनि कर्णाली याक्सँग पराजित भएको छ। लुम्बिनी लायन्सले यस पटक लोकल आइकोनिक प्लेअर समिर अली मुसलमान लगायत युवा खेलाडीहरूलाई अवसर दिएको छ।