मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अविरल वर्षाका कारण आन्तरिक उडान स्थगित

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका सबै उडानहरू स्थगित भएका छन्।

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो।

हाल मौसमको पुनरावलोकन भइरहेको र अन्तर्राष्ट्रिय उडान भने सञ्चालनमा रहेको पाण्डेले बताउनुभयो। अविरल वर्षाका कारण आन्तरिकतर्फ उडान गर्नु जोखिमपूर्ण हुने भएकाले अस्थायी रूपमा रोकिएको उहाँले स्पष्ट पार्नुभयो।

आज बिहानदेखि निरन्तर वर्षाले आन्तरिक उडान प्रभावित भएका हुन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ भने राति अझै धेरै वर्षा हुने चेतावनी दिइएको छ।