रसुवाको लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता भएका छन्।
भक्तपुरबाट गएको १६ जनाको टोलीमध्ये चार जना गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्छामा आएको पानीले बगाउँदा बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो।
बेपत्ता हुनेमा मध्यपुर थिमी नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
