मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु

पूर्वी अफगानिस्तानमा गएराति आएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाको ज्यान गएको छ।

अमेरिकी भूगर्भ विभाग (USGS) का अनुसार भूकम्प स्थानीय समय अनुसार राति ११:४७ बजे ८ किलोमिटर गहिराइमा गएको हो। त्यसपछि ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प पनि महसुस गरिएको छ।

स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा मात्रै २० जनाको मृत्यु भएको र ११५ जनाभन्दा बढी घाइते भएको पुष्टी गरेका छन्। दुर्गम र पहाडी क्षेत्रमा भएको कारण ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

बिहानै चारवटा हेलिकप्टरमार्फत डाक्टर तथा स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुगेका छन्। उनीहरूले प्राथमिक उपचारसँगै गम्भीर घाइतेलाई राजधानी काबुल वा नजिकका अस्पतालमा सार्ने तयारी गरेका छन्।

तालिबान सरकारका अधिकारीहरूले उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग आपत्कालीन सहयोग मागेका छन्। विशेष गरी हेलिकप्टर र अन्य स्रोत उपलब्ध गराउन आग्रह गरिएको छ।