मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै, बजारमा तरलता बढी

बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रामा कर्जा प्रवाह हुने संकेत नदेखिएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिका लागि निक्षेप खिच्न थालेको छ।

पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग कमजोर रहँदा बैंकहरूमा लगानीयोग्य रकम बढी रहेको राष्ट्र बैंकले जनाएको छ। यसै अवस्थालाई व्यवस्थापन गर्न आज राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको हो।

गएकाे बुधवार पनि राष्ट्र बैंकले १७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो। पछिल्ला वर्षहरूमा राष्ट्र बैंकले यति लामो अवधिका लागि निक्षेप सङ्कलन गरेको पहिलोपटक हो।

बैंकहरूले तत्काल ठूलो मात्रामा कर्जा विस्तार गर्ने संकेत नदेखिएकाले केन्द्रीय बैंक दीर्घकालीन रूपमा मौद्रिक व्यवस्थापनमा लागेको स्पष्ट भएको छ।

अहिले देशभर कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। आजको बोलकबोलमार्फत उठाइने निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीबाट निर्धारण गरिनेछ।

राष्ट्र बैंकका अनुसार आज संकलन हुने निक्षेपको सावाँ तथा ब्याज वैशाख १३ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ।