मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

तुलसीको धार्मिक र वैज्ञानिक महत्त्व

तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा अत्यन्तै श्रद्धा र सम्मानका साथ पुजिन्छ । यसको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय पक्ष र वैज्ञानिक दृष्टिले गहिरो महत्व छ । यसको प्रयोग पूजा-पाठदेखि, औषधि उपचारसम्म गरिन्छ । नेपाली समाजमा तुलसीलाई ‘घरको लक्ष्मी’ स्वरूप मानिन्छ, जहाँ तुलसाको वृक्षारोपण हुन्छ त्यहाँ सकारात्मक ऊर्जा हुन्छ भन्ने विश्वास गरिन्छ ।

धार्मिक रुपमा हेर्दा, तुलसी देवी लक्ष्मीको रूप मानिन्छ र भगवान विष्णुको प्रिय वनस्पति हो । तुलसीको पूजा विशेष गरी असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा रोपेर कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीको दिन तुलसी दामोदर भगवानको विवाह गर्ने गरिन्छ । जहाँ, तुलसीको विवाह शालिग्राम (भगवान विष्णुको प्रतीक)सँग गरिन्छ । यसलाई धार्मिक दृष्टिले वर्षको सबैभन्दा पुण्यदायी कार्य मानिन्छ । तुलसीका पातबिना भगवान विष्णु, कृष्ण र रामको पूजा अधुरो मानिन्छ ।

पौराणिक ग्रन्थहरू अनुसार तुलसीको सम्पर्कले पनि पाप नष्ट हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । मरणोपरान्त यदि तुलसीको पात मुखमा राखिन्छ भने आत्मालाई मोक्ष मिल्छ भन्ने धार्मिक मान्यता छ ।

घर आँगनमा तुलसीको मठ छ भने वास्तु दोष निवारण भई घरमा पवित्रता ल्याउँछ भन्ने विश्वास रहेको छ । तुलसी भएको घरमा नकारात्मक शक्ति आउँदैन भन्ने धार्मिक मान्यता छ, यो कुरा विज्ञान सम्मत पनि छ । यिनै कारणले हाम्रो हरेक धार्मिक र पितृ कार्यहरूमा तुलसीको विशेष महत्त्व रहेको छ ।

तुलसीको वैज्ञानिक महत्त्व पनि अत्यन्तै गहिरो छ। आयुर्वेदमा तुलसीलाई ‘जडीबुटीको रानी’ मानिन्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्ट गुण हुन्छन् । ज्वरो, खोकी, रुघा, दम, टन्सिल, टाउको दुखाइ, पेटसम्बन्धी रोग लगायतका थुप्रै रोगको उपचारमा तुलसी प्रयोग गरिन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तुलसीको बास भएको स्थानमा वायुमण्डल शुद्ध हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले पनि पुष्टि गरेका छन् । तुलसीले वातावरणमा अक्सिजन उत्सर्जन गर्ने मात्र नभई हानिकारक जीवाणु र विषाणुहरूको नाश गर्न मद्दत गर्छ ।