मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानविरुद्ध नेपाल विजयी

१४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जीतमा आशिष चौधरीले गोल गरे । उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जीत हो । नेपालले तीन खेलमा ३ अङ्क जोड्दै प्रतियोगिता टुङ्ग्याएको छ ।

यस जीतसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । त्यस्तै पराजित पाकिस्तानले अङ्कविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

पाकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । यस समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल गत संस्करणमा उप विजेता भएको थियो ।

 

Source:NEPLAYS