‘जेन जी’ भनेर चिनिने नवयुवापुस्ताको बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा एक जनाको ज्यान गएको हो। घाइतेको विवरण भने अझै सार्वजनिक भएको छैन।
प्रदर्शनपछि अस्पताल घाइतेहरूले भरिन थालेका छन्। सिभिल अस्पतालले अन्य बिरामीलाई बाहिर सारेर घाइतेलाई उपचार गरिरहेको छ भने एभरेस्ट अस्पताल पनि घाइतेले भरिन थालेको जनाएको छ।
