मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेपालको शेयर बजारमा लगातार चौथो दिन वृद्धि, नेप्से ९.६१ अङ्कले बढ्यो; कारोबार रकम ६ अर्ब ६९ करोड नाघ्यो

नेपालको शेयर बजार परिसूचक नेप्से लगातार चौथो कारोबार दिनमा पनि वृद्धि भएको छ। आज नेप्से ९ दशमलव ६१ अङ्कले बढेर २ हजार ६ सय ६५ दशमलव ६० विन्दुमा पुगेको छ। यसक्रममा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ; हिजो ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ।

आज फाइनान्स, लगानी, बीमा र म्युचुअल फन्ड बाहेक अधिकांश समूहको शेयरमा वृद्धि भएको छ। बजारमा १ सय ४२ वटा कम्पनीको शेयर बढ्दा १ सय ४ वटाको घटेको छ। आज झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्तश्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनी को शेयर मूल्य १० प्रतिशतले बढेको छ। यद्यपि, बजार बढेको दिन पनि बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ दशमलव ९४ प्रतिशतले घटेको छ।