प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
शुक्रबार राति जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भई गएको ४ दशमलव ६ रेक्टरको विनाशकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निर्णय गर्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकमा परिषद्का सबै सदस्य तथा सुरक्षा निकायका पदाधिकारीलाई उपस्थितिको लागि आह्वान गरिएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्दै छ ।
source: FarakDhar
