मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

योगमान्डुको छैठौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं, माघ ५ – योगमान्डु योग प्रशिक्षण संस्थाले आफ्नो छैठौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

कार्यक्रमको सभाध्यक्ष योगमान्डुका अध्यक्ष डा. चिन्तामणि गौत्तम हुनुहुन्थ्यो। उहाँले योग, ध्यान र साधनाको महत्त्वबारे आफ्ना विचार राख्दै नियमित योग अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो।

प्रमुख अतिथिको रूपमा उपस्थित काठमाडौं महानगरपालिकाका वडा न ३१ का वडाध्यक्ष  सरोज ढकालको उपस्थिति रहेको थियो । उहाले वडा कार्यलय र  योगमान्डु मिलेर जेष्ठ नागरिक , बालबालिका हरुका हकमा योग ध्यान कार्यक्रम गर्न सकिने र वडाको तर्फबाट सहयोग गर्ने बताउनु भयो  त्यस्तै, योगमान्डुको योगदानको प्रशंसा गर्दै स्थानीयस्तरमा पनि मिलेर योगको प्रचारप्रसारमा सहकार्य गर्न तयार रहेको बताउनुभयो।

काठमाडौँ विश्वविद्यालय (KU) का योग विभाग प्रमुखले नेपाललाई योग साधना र ध्यानको वैश्विक केन्द्र बनाउनका लागि सबै संस्थाहरू मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विशेष योग सत्र, ध्वनि उपचार ध्यान (Sound Healing Meditation), प्रत्यक्ष संगीत कार्यक्रम र यौगिक परिकारको व्यवस्थापन गरिएको थियो।

संस्थापक अर्जुन रखाल मगरले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू मार्फत योगको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।  
उहाँले योगमार्फत स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैली विकास गर्न सबैको साथ, समर्थन र सामूहिक प्रयासलाई निरन्तर साथ दिन आग्रह गर्नुभयो ।