मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

ऐतिहासिक सिंहदरबार आगोमा जलेर खरानी, नेपाली गौरवको ह्रास

नेपालका लागि गर्वको प्रतीक मानिएको सिंहदरबार आज आगोमा जलेर खरानी बन्यो। राणा प्रधानमन्त्री चन्द्र शमशेरले १७०० कोठासहितको विशाल संरचना निर्माण गर्दा यसले केवल भौतिक सम्पत्ति मात्र होइन, नेपालीपनको पहिचान पनि प्रदान गरेको थियो। 

२००७ सालमा जनताको सम्पत्ति बनेको यो भवन आजको आगलागीले इँटा र ढुङ्गासँगै नेपाली आत्मगौरवलाई पनि नष्ट गरिदिएको छ। 

भ्रष्टाचार विरुद्धको आवाज र परिवर्तनको आवश्यकता भए पनि, आफ्नै धरोहरलाई जलाएर परिवर्तन सम्भव छ त? यो घटनाले स्पष्ट गरिदियो कि न भ्रष्ट्राचार हारेको छ, न आन्दोलनले जितेको; हार केवल नेपाल र नेपालीको भएको छ। 

युवामैत्री समर्थक राम सूर्य जैशीले यस घटनालाई गम्भीरतापूर्वक लिई, समुदाय र नागरिकलाई भविष्यमा यस्ता क्षति नहोस् भनेर सचेत रहन आग्रह गरेका छन्।